८ कार्तिक २०८३, आइतबार

काठमाडौं उपत्यकामा ४७४ जनासहित बागमतीमा थपिए ७१२ जना संक्रमित

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । सोमबार देशभर कोरोना भाइरसका २ हजार ४४५ जना संक्रमित थपिँदा काठमाडौं उपत्यकामा ४७४ जनासहित बागमती प्रदेशमा ७१२ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौंमा ३३० जना, ललितपुरमा ५६ जना र भक्तपुरमा ८८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, काठमाडौं उपत्यकामा मात्रै ७ हजार ९५ जना सक्रिय संक्रमित छन् । त्यसमध्ये काठमाडौंमा ५ हजार ३११ जना, भक्तपुरमा ८७७ जना र ललितपुरमा ९०७ जना छन् ।

त्यस्तै सोमबार बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा ४, चितवनमा ७२, दोलखामा २१, धादिङमा ४४, नुवाकोटमा ३२, मकवानपुरमा ५३, रसुवामा २, रामेछापमा ५ जना, सिन्धुपाल्चोकमा ५ र सिन्धुलीमा ० जना संक्रमित थपिएका छन् ।