८ कार्तिक २०८३, आइतबार

२४ घण्टामा थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, १२५८ जना निको हुँदा ३२ जनाको मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ७ हजार ८३३ जनाको आरटी–पीसीआर गर्दा १६४२ जना र ३ हजार ८३१ जनाको एन्टिजेन परीक्षण गर्दा ८०३ जना गरी आज २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ६८ हजार ७५१ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५८२ जना पुगेको छ । अघिल्लो दिन आइतबार २३ जना संक्रमितको मृत्यु भएको थियो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २५८ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणमुक्त हुनेको संख्या ६ लाख ३३ हजार ३३२ जना पुगेको छ । यो कुल संक्रमितको ९४.७ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८३७ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३४ लाख ७७ हजार ५१८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २५ हजार ८३७ जना आइसोलेसन र ३०४ जना क्वारेन्टिनमा छन् ।