
काठमाडौँ, ४ साउन । नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक सुरू भएको छ ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बिहान साढे ११ बजे सुरू भएको हो ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार जेठ २ अघिको संरचना अनुसार १० औँ बैठक हो ।
असन्तुष्ट माधवकुमार नेपाल पक्षसँगको सहमतिअनुसार नै बैठक बसेको भए पनि नेपाल समूह भने अनुपस्थित भएको छ ।
आइतबार पार्टीको निर्णयविपरित २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । आजको बैठकमा फ्लोर क्रस गर्ने सांसदहरुलाई कारवाही गर्ने एजेण्डा राखिएको बताइएको छ ।
उता नेपाल पक्षले भने बैठक रोकेर साझा सहमतिका आधारमा मात्रै बोलाइएको बैठकमा सहभागी हुने बताइरहेको छ ।















प्रतिक्रिया