
काठमाडौँ, ४ साउन । नेकपा एमालेकी सांसद नविना लामाले आफूहरुको पुस्ताको राजनीति वर्वाद भएको बताएकी छन् ।
उनले सोमबार सामाजिक सञ्जालमार्फत एउटा पार्टीमा राजनीति गरेर अर्को पार्टीमा भोट किन भन्दै प्रश्न समेत गरेकी छन् । उनले पार्टीभित्रको गुटबन्दी कोभिड जस्तै नयाँ प्रकृतिको रहेको बताउँदै वर्वाद भएको बताएकी छन् ।
त्यस्तै, उनले जनताको बहुदलीय जनवाद खोइ भन्दै प्रश्न पनि गरेकी छन्, उनले भनिन्, ‘नेपालमा कम्युनिस्ट पार्टीको इतिहास केलाएर हेर्दा फुट विभाजन विचार, व्यवस्था भन्दा बढी आफू केन्द्रित पदको लडाइँमा गुटबन्दीले पार्टीलाई सत्यानाश गरेको देखिन्छ । महान् नेताहरूको र कार्यकर्ताहरूको उज्ज्वल भविष्य समाप्त भएको देखिन्छ । अहिले नेकपा विभाजन पनि त्यस्तै देखिएको छ ।’
उनले आफ्नो पार्टीको सरकार ढलाएर अर्को पार्टीका नेतालाई प्रधानमन्त्री बनाउनु जस्तो खतरनाक कुरा केही हुन नसक्ने बताइन् । उनले भनेकी छिन्, ‘यो भन्दा दुःखद घटना के हुन सक्छ ?? बर्बाद भयो । जबज खोइ ??? हाम्रो पुस्ताको राजनीति?? हाम्रो पार्टीको राजनीति पार्टी एमाले भोट अर्को अर्को पार्टी हो???’
नेकपा एमालेका २२ जना सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आइतबार विश्वासको मत हालेका थिए ।















प्रतिक्रिया