९ कार्तिक २०८३, सोमबार

बालुवाटारमा पार्टीको बैठक नराख्न प्रधानमन्त्रीलाई गगन थापाको सुझाव

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न सुझाव दिएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवालाई यस्तो सुझाव दिएका हुन् ।

थापाले भेटमै यस्तो सुझाव दिएको बताएका छन् । ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ ।

उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ,’ थापाले लेखेका छन्, प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला ।’