बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

देउवा सरकारले टालाटुली बटुली विश्वासको मत पायो: सूर्य थापा

दैनिक नेपाल २०७८ साउन ४ गते ११:२८

काठमाडौँ, ४ साउन । एमाले नेता तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल र झलनाथ खनालको समूहलाई ‘हरामी’ गुटको संज्ञा दिएका छन् ।

थापाले सामाजिक संजाल ट्वीटरमार्फत नेपाल खनाल समूहलाई त्यस्तो संज्ञा दिएका हुन् ।

थापाले देउवा सरकारलाई टालाटुली बटुली विश्वासको मत हासिल गरेको पनि बताउँदै उनले तटस्थ रहेका एमालेका १० सांसदलाई बिरामी भनेकाछन् ।

थापाले लेखेका छन्, ‘२०७८ साउन ३ को मध्यरात: श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्यो । काङ्ग्रेस ६१, माके ४९, जसपा ३२, हरामी गुट २२ र राष्ट्रिय जनमोर्चा १. १६५ । विपक्षमा एमाले ८३, विरामी १०, फ्लोरक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ, हेरौँ त तमासा ।’

प्रतिक्रिया
सम्बन्धित