
काठमाडौँ, ४ साउन । सिभिल बैंकले ९ प्रतिशत सिभल बैंक ऋण पत्र २०८८ निष्काशन गर्ने भएको छ ।
बैंकले सार्वजनिक निष्काशन गर्न लागेको रु. १,००० अंकित दरको ३० लाख कित्ता “९% सिभिल बैंक ऋण पत्र २०८८” को प्रत्याभूती गर्नका लागि निष्काशन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटलले प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम आज प्रत्याभूती सम्झौता पत्रमा हस्ताक्ष गरेको छ ।
बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल, ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकाल, प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकाली र माछापुच्छ्रे कृति क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिपेश कुमार वैद्यले संयूक्त हस्ताक्षर गरेका छन् ।
जारी गरिने ऋण पत्रहरु सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भए बमोजिम आवेदन प्राप्त हुन नआएमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् ।
प्रत्याभूती कर्ताहरु नागरिक लगानी कोषले २ अर्व, ग्लोबल आइएमई क्यापिटलले रु ३० करोड, प्रभु क्यापीटल लि.ले रु ३५ करोड र माछापुच्छ्रे कृति क्यापिटलले रु ३५ करोड बरावरको ऋणपत्र प्रत्याभुति गरेका हुन् ।















प्रतिक्रिया