१६ कार्तिक २०८३, सोमबार

पार्टीका खलनायक राम्ररी चिनौँः महासचिव पोखरेल

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ४ साउन । नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका खलनायक र विदूषकलाई सबैले चिन्नुपर्ने बताएका छन् ।

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत दिएका माधव नेपाल पक्षलगायत केही सांसदहरु खलनायक र विदूषक भएको बताउँदै पोखरेलले उनीहरुलाई सबैले चिन्नुपर्ने बताएका हुन् ।

पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिक/अनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषक बारे भ्रममा नपरौं । सबैले राम्ररी चिनौं ।’

आइतबार एमालेका ३३ जना सांसदहरुले पार्टीको निर्णयविरुद्ध कदम चालेका थिए । जसमध्ये अध्यक्ष केपी शर्मा ओली पक्षका केही समेत गरी २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।