३० आश्विन २०८३, शुक्रबार

बाटो विराएका साथीहरू सही ठाउँमा आउनुभयोः उपेन्द्र यादव

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बाटो विराएका साथीहरू सही बाटोमा आएको प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधि सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएपछि प्रतिनिधि सभा भवनबाट बाहिरिँदै गर्दा पत्रकारहरूसँग कुराकानी गर्दै यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलगायतलाई संकेत गर्दै बाटो विराएका साथीहरू सही बाटोमा आएको बताए ।

आज ठाकुर पक्षले पनि प्रधानमन्त्रीमा देउवालाई मत दिएको थियो। देउवाको पक्षमा १६५ सांसदले विश्वासको मत दिएका थिए भने ८३ जनाले विपक्षमा मत दिएका थिए । एक जना सांसद तटस्थ बसेका थिए ।

जसपाभित्र विवाद रहेकोबारे सोधिएको प्रश्नमा यादवले राजनीतिक पार्टीमा विवाद भइरहने पनि बताए । यो समाचार सेतोपाटी डटकममा प्रकाशित छ ।