१६ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ मत

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन् ।

सर्वोच्च अदालतको परमादेशपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठकले देउवालाई विश्वासको मत दिएको हो ।

देउवाको पक्षमा १६५ मत र  विपक्षमा ८३ मत खसेकाे छ । पार्टीको निर्णय विपरित नेकपा एमालेका नेता माधव कुमार नेपाल तथा अध्यक्ष केपी शर्मा ओली पक्षकै पनि केही सांसदहरुले विश्वासको मत दिएपछि देउवाले आफ्नो पक्षमा १६५ मत प्राप्त गरेका हुन् । त्यस्तै, जसपाको दुवै पक्षले विश्वासको मत दिएका छन् ।

कूल २४९ उपस्थितमध्ये १६५ मत पक्षमा र ८३ मत विपक्षमा र १ मत तटस्थमा खसेकाे थियाे ।

अब देउवाले संसदकाे बाँकी रहेकाे कार्यकाल चलाउनेछन् । आगामी आवधिक निर्वाचन गराउने उनकाे जिम्मेवारी हुनेछ ।

नेकपा एमालेले भने विश्वासको विपक्षमा मतदान गर्दै प्रतिपक्षीको भूमिका निर्वाह गर्ने भएको छ ।