१६ कार्तिक २०८३, सोमबार

यी अध्यादेश प्रस्तुत हुँदै संसद बैठक १५ मिनेटका लागि स्थगित

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । सर्वोच्च अदालतको परमादेशबाट पुनर्स्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर १५ मिनेटको लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव प्रस्तुत गरेपछि १५ मिनेटपछि बैठक बस्ने जानकारी दिएका छन् ।

बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ सम्बन्धी अध्यादेश २०७८ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

त्यस्तै मन्त्री कार्कीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको हैसियतमा रेलवे ऐन सम्बन्धी अध्यादेश, तेजाव लगायत हानिकारक रसायन सम्बन्धी अध्यादेश समेत प्रस्तुत गरेका छन् ।

त्यस्तै मन्त्री कार्कीले अर्को अध्यादेश स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षासम्बन्धी अध्यादेश प्रस्तुत गरेका छन् ।

त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सपथ र गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश बैठकमा पेस गरेका छन् ।