१६ कार्तिक २०८३, सोमबार

भारतले नेपाललाई दियो १ सय ५० बेडको आईसीयु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ साउन । भारतले नेपाललाई १ सय ५० बेडको आईसीयु सहयोग गरेको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा कोरोना व्यवस्थापन तथा उपचारका लागि भारतले १ सय ५० बेड आईसीय हस्तान्तरण गरेको हो ।

भारतीय राजदूत विनयमोहन क्वात्राले कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई १ सय ५० बेड आईसीयु हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा पत्रकारहरुले राजदूत क्वात्रालाई नेपालले भातरसँग खरिद गरेको
कोभिसिल्ड खोपको बाँकी डोज कहिले आउँछ भनेर प्रश्न गरेका थिए । तर राजदूत क्वात्राले त्यसको स्पष्ट जवाफ दिएनन् ।

भारतको सेरम इन्स्टिच्युट अफ इण्डियासँग नेपालले खरिद गरेको थियो । तर हालसम्म १० लाख मात्रै प्राप्त भएको छ ।