
काठमाडौँ, ३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् ।
आइतबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को साउन २ गतेको निर्णय एवम् सिफारिसमा उक्त अध्यादेश खारेज गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गरिएको जनाएको छ ।













प्रतिक्रिया