
काठमाडौं, ३ साउन । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरू त्यस उप्रान्त एमाले नरहने निष्कर्ष निकालेको छ ।
‘पार्टीको निर्णय विपरीत ज–जसले विश्वासको मत दिन्छन्, उनीहरु पार्टीमा रहन सक्दैनन्,’ बैठकपछि एक नेताले भने ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले जनमतबाट नभई फरक विधि (परमादेश)बाट आएको सरकारलाई पार्टीको समर्थन नहुने समेत दोहोर्याएको छ ।
यसअघि शुक्रबार बसेको बैठकले यो सरकारलाई विश्वासको मत नदिने औपचारिक निर्णय एमालेले गरिसकेको छ ।















प्रतिक्रिया