८ कार्तिक २०८३, आइतबार

समाजवादी ट्रेड युनियनद्वारा श्रमिकलाई स्वास्थ्य सामग्री वितरण

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३ साउन । समाजवादी ट्रेड युनियन महासंघले श्रमिकहरूलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री हिजो शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० जना श्रमिकलाई वितरण गरिएको हो ।

प्रजातान्त्रिक उद्यौगिक कारखाना श्रमिमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटीको संयोजकत्वमा स्वास्थ्य सामग्री वितरण कार्यक्रम सम्पन्न भएको हो ।

समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

सो अवसरमा श्रमिकहरूको पनि हकहित र श्रमिकका निमित्त सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले प्रतिबद्धता व्यक्त गरे । उनले देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नेका लागि वर्तमान सरकारले समन्वय गर्न आग्रह पनि गरेका छन् ।