
काठमाडौं, ३ साउन । माधवपक्षीय नेता भीम आचार्यले एमाले फुटानकै लागि प्रधानमन्त्री शेरबहादुर देउवाले हतार–हतार गरेर विश्वासको मत लिन लागेको बताएका छन् ।
एमालेको आन्तरिक एकताका लागि गठित कार्यदल सदस्यसमेत रहेका नेता आचार्यले आजै विश्वासको मत लिनु भनेको नेकपा एमाले फुटाउने षडयन्त्रबाहेक केही नभएको बताएका हुन् ।
एक महिना पूरापुर समय बाँकी छँदाछँदै हतारिएर अहिले नै विश्वासको मत लिनुपर्ने कुनै कारण नभएको भन्दै उनले भनेका छन्, ‘एक महिना समय थियो । आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन ।’
उनले अगाडि भनेको छन्, ‘विश्वासको मत लिने विषयमा पार्टीमा छलफल भएको छैन । हाम्रो टीममा पनि लफल भएको छैन । व्यक्तिगत ढंगले कसैले निर्णय गर्न सक्छन् । नेकपा एमाले विभाजित गर्न विश्वासको मत लिन लागिएको हो । सहमति भएमा एमालेले विश्वासको मत हाल्दैन । एक महिनाभित्र लिनुपर्ने भए पनि आजै किन हतार गरियो ?,’















प्रतिक्रिया