१६ कार्तिक २०८३, सोमबार

एमाले कार्यदलका नेताहरुको छलफल, १० बुँदे सहमति कार्यान्वयनमा जोड

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ साउन । नेकपा एमाले भित्रको विवाद समाधानका लागि दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् ।

कार्यदलको शनिबार सिंहदरबारमा अनौपचारिक छलफल भएको छ ।

छलफलमा असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए ।

पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकार ढालेपछि दुवै पक्षबीच दूरी बढ्दै गइरहेको छ । त्यस्तै, पार्टीका बैठकहरुमा नेपाल पक्षको सहभागी भएको छैन । यद्यपि नेताहरुले एकताका लागि प्रयास भने गरिरहेका छन् ।