८ कार्तिक २०८३, आइतबार

स्थायी कमिटी बैठक रोक्न ओलीले अस्वीकार गरेपछि नेपाल समूहका नेताहरू बाहिरिए

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेकपा एमालेको माधवकुमार नेपाल समूहले च्यासलमा जारी स्थायी कमिटी बैठक रोक्न आग्रह गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

नेपाल पक्षका नेताहरूको प्रस्ताव ओलीले अस्वीकार गरेसँगै बैठकमा पुगेका नेताहरू अहिले बैठकस्थलबाट बाहिरिएका छन् । यसअघि पार्टीको आन्तरिक एकता कार्यदलमा संलग्न पाँचै जना नेताहरू पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन च्यासल पुगेका थिए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी स्थायी कमिटी बैठकमा सहभागी हुन पार्टी उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे पुगेका थिए ।