
काठमाडौं, १ साउन । नेकपा एमालेको माधवकुमार नेपाल समूहबाट पार्टीको आन्तरिक एकता कार्यदलमा संलग्न पाँचै जना नेताहरू पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका छन् ।
ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको कार्यालयमा जारी स्थायी कमिटी बैठकमा उनीहरू सहभागी भएका हुन् ।
सहभागी हुने नेताहरूमा पार्टी उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन् । उनीहरू पाँचै जना कार्यदलका सदस्य हुन् ।















प्रतिक्रिया