८ कार्तिक २०८३, आइतबार

आज पनि केही स्थानमा भारी वर्षाको सम्भावना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । देशभर मनसुनी वायुको प्रभाव रहेका कारण आज पनि मुलुकको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो पनि देशभर मौसममा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि मध्यमदेखि भारी वर्षाको सम्भावना छ । प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूर–पश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।