
काठमाडौं, १ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सरेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पदमुक्त भएलगत्तै बालुवाटार खाली गरेका थिए । तर, बालुवाटार खाली भएको दुई दिनपछि मात्रै देउवा आज बिहान बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री ओलीले बुधबार सरकारी निवास खाली गरिदिएका थिए ।















प्रतिक्रिया