४ मंसिर २०८३, शुक्रबार

मुख्यमन्त्री पोखरेलले लुम्बिनीमा अध्यादेशबाट बजेट ल्याउँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट स्वीकृत गर्ने सम्बन्धी अध्यादेश प्रदेश प्रमुखसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

प्रदेश सभाबाट बजेट पारित हुने नदेखिएपछि बिहीबार मध्यराति प्रदेशसभा अधिवेशन अन्त्य गरिएको थियो ।

शुक्रबार बिहानै मुख्यमन्त्री निवासमा बसेको प्रदेश मन्त्रीपरिषद बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८’ र ‘लुम्बिनी प्रदेश आर्थिक अध्यादेश–२०७८’ पेश गरेका थिए ।

मन्त्रिपरिषद बैठकले सोही अध्यादेश स्वीकृतका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको स्रोतले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ को लागि असार १ गते ४० अर्ब ९४ करोडको बजेट प्रस्तुत गरेको थियो । अध्यादेशबाट पास हुने बजेटको आकार र शीर्षकहरू चौधरीद्वारा संसदमा पेश गरिएकै बजेटको हुनेछ ।

प्रदेश सरकार अल्पमतमा परेको र अल्पमतको सरकारले ल्याएको बजेट पारित गर्न नदिने विपक्षी गठबन्धनको अडानपछि सत्तापक्षले बिहीबार बैठक छोडेर हिँडेको थियो ।