
काठमाडौँ, ३१ असार । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार बस्ने भएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा शुक्रबार ११ बजेका लागि महासचिव ईश्वर पोखरेलले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले माधव नेपाल पक्षलाई पनि बैठकमा बोलाइएको जानकारी दिए ।
बैठक ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बस्नेछ ।
यद्यपि नेपाल पक्ष बैठकमा सहभागी हुने नहुनेबारे स्पष्ट धारणा सार्वजनिक भएको छैन ।












प्रतिक्रिया