८ कार्तिक २०८३, आइतबार

रिद्धि सिद्धि सिमेन्टलाई थप एक गुणस्तर मापदण्ड प्रमाण, शिलान्यास रिद्धि सिद्धिसँग पुनः सुचारु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३१ असार । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।

गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गर्दै यसले थप जिम्मेवारी बोध भएको कम्पनीले बताएको छ ।

कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा रिद्धि सिद्धि सिमेन्ट विश्वस्त छ ।

निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले पहिलो पटक गतवर्ष ल्याएको थियो “शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना जसलाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो ।

तर, कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण उक्त योजना स्थगित गरियो । केही हप्ता यता परिस्थिति सामान्य भएपछि कम्पनीले उक्त योजना पुनः सुचारु भएको जानकारी दिएको छ ।

योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्रीनम्बर १६६००११२४४४ (नेपाल टेलिकम)/९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् ।

साथै, कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको क्यूआर कोड स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ । अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नुपर्नेछ ।

यो योजना प्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसका लागि न्यूनतम शिलान्यासको शुभ अवसरमा १०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।