
काठमाडौं, ३१ असार । सरकारले साउन ३ गतेका लागि संसद बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने सिफारिस राष्ट्रपतिसमक्ष गरेको हो ।
सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन साउन ३ गते अपरान्ह ४ बजे बोलाउन सिफारिस गरिएको जानकारी दिए ।















प्रतिक्रिया