
काठमाडौँ, ३१ असार । नेकपा एमाले संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।
सरकारबाट अलग भएपछि एमाले संसदीय नेता केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् । आउँदो प्रतिनिधिसभा बैठकमा एमालेको भूमिका के हुनेबारे छलफल गर्न बैठक बोलाइएको छ ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आफ्नो सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधवकुमार नेपाल पक्षका २३ जनालाई समेत बैठकमा बोलाइएको छ ।












प्रतिक्रिया