
काठमाडौँ, ३१ असार । नेपाली बजारमा सुनको मूल्य ५०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार वुधबार ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार वृद्धि भएर प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएर आज एकहजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।















प्रतिक्रिया