
काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत र अमेरिकी राजदूतले आ–आफ्नो देशको तर्फबाट बधाई ज्ञापन गरेका छन् ।
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले मंगलबार साँझ नै देउवालाई बधाई दिएका हुन् । उनले राष्ट्रपति निवासमा देउवाको शपथ ग्रहण कार्यक्रम सकिने बित्तिकै सामाजिक सञ्जालमार्फत बधाई दिएका हुन् ।
त्यस्तै भारतीय राजदूत आनन्दमोहन क्वात्राले पनि देउवालाई बधाई दिएको तस्बिर ट्वीटरमा शेयर गर्दै भारत र नेपालको साझा प्रगति र समृद्धिको लागि सम्बन्ध अझ गाढा बढाउने विश्वास व्यक्त गरेका छन् । उनले देउवालाई भेटेरै पनि बधाई दिएका हुन् ।















प्रतिक्रिया