७ कार्तिक २०८३, शनिबार

शिक्षा मन्त्रालयको जिम्मेवारी कांग्रेस आफैले लिन प्रधानमन्त्री देउवालाई आग्रह

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असार । नेपाली कांग्रेसको शिक्षा विभागले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी स्वयम् पार्टीले नै लिनुपर्नेमा जोड दिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा पार्टी शिक्षा विभागका प्रमुख हरिप्रसाद नेपालको अध्यक्षतामा आज बुधबार बसेको बैठकले प्रधानमन्त्री नियुक्त भएकामा पार्टी सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना ज्ञापन गर्दै शिक्षा मन्त्रालयको नेतृत्व पार्टीले नै गर्नुपर्नेमा जोड दिएको हो ।

शिक्षालाई प्रमुख प्राथमिकतामा नराखेसम्म दीगो आर्थिक विकासका लक्ष्य, सुशासन र समृद्धितर्फ मुलुक अगाडि बढ्न नसक्ने तथा शिक्षा आम नागरिकको प्रत्यक्ष सरोकार राख्ने विषय भएको निष्कर्ष विभागले निकालेको छ ।