७ कार्तिक २०८३, शनिबार

पाटे बाघको छालासहित दुई जना पक्राउ

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, ३० असार । कैलालीको गौरीगंगा नगरपालिकाबाट पाटे बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सो नगरपालिकाको वडा नं. ७ मटकौनास्थित सडकबाट १० फिट लम्बाई र ६ फिट ७ ईन्च चौडाई भएको पाटे बाघको १ थान छालासहित मंगलबार साँझ प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका–५ सालघारी बस्ने ५२ वर्षीय पुर्ण बहादुर बुढामगर र लम्किचुहा नगरपालिका–१ लम्की बसपार्क बस्ने ३० वर्षीय लोकबहादुर सिजापती (मगर) छन् ।

गौरीगंगा नगरपालिका–७ मटकौनामा पाटे बाघको छालाको कारोबार भइरहेको भन्ने बिशेष सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मसुरीया कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुले प्लास्टिकको कट्टामा बोकी हिँडिरहेको अवस्थामा छाला सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।