७ कार्तिक २०८३, शनिबार

नवजात शिशुको हत्यामा संलग्न चार जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, ३० असार । नवजात शिशुको हत्यामा संलग्न रहेको अभियोगमा चार जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल, उनकै आमा ४८ वर्षीय उर्मिला मण्डल र उनकै श्रीमान २८ वर्षीय अरुण मण्डल छन् ।

आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याँग्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुबाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुउपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट पाँच दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।