७ कार्तिक २०८३, शनिबार

अदालतको फैसलाले देशलाई लामो समयसम्म असर गरिरहन्छ : प्रधानमन्त्री ओली

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले गरेको फैसलाले लामो समय देशमा असर रहने बताएका छन् ।

देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतको फैसलाले समग्र राजनीतिलाई पछाडि फर्काएको र यसको समीक्षा भविष्यले गर्ने बताएका छन् ।

अदालतको फैसलालाई आफूले पालना गर्ने स्पष्ट पारेका छन् । उनले नेपालको संविधान नेपाली जनताको विश्वास र भावना, सपना जोडिएको पनि बताए । उनले सर्वोच्चको फैसलाले लोकतन्त्रको भावको विजयलाई अर्थहीन बनाएको दाबी गरेका छन् ।

ओलीले सर्वोच्चको फैसलाले देशमा अस्थिरता ल्याएको र यसबाट तत्काल अरु खुसी भए पनि लामो समयका लागि यो ठिक नभएको बताएका छन् ।