७ कार्तिक २०८३, शनिबार

केपी ओलीले भने– जनभावनाबाट होइन आदेश र परमादेशबाट म हटेको हुँ

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई जनभावनाविपरीत सर्वोच्च अदालतको आदेश र परमादेशले प्रधानमन्त्रीबाट हटाएको बताएका छन् ।

देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफूलाई जनताको साथ रहिरहे पनि व्यक्तिगत लाभ–हानीका कारण सर्वोच्च अदालतबाट भएको फैसलाका कारण नेकपा एमालेको सरकार ढलेको बताएका हुन् ।

‘जनताको बीचमा परीक्षण गर्ने दिन आवस् र त्यसको हिसाब–किताब जनताले नै गरुन्,’ ओलीले सम्बोधनका क्रममा भने, ‘जनताको बीचमा रहेर काम गरिरहेको सरकार, सर्वाधिक काम गरेको सरकार ढालेर र चलिरहेको पार्टीमा विभाजन तथा अन्तर्घातको खेल खेलेर समस्या थपिँदै जाँदा आजको अवस्था आएको हो ।’

ओलीले सम्बोधनका क्रममा आफ्नो नेतृत्वमा भएका विभिन्न दीर्घकालीन र महत्वपूर्ण कामहरूको फेहरिस्त समेत सुनाएका छन् । आफूले गरेको राम्रो र जनपक्षीय कामलाई देखेर आफूविरुद्ध प्रधानमन्त्री भएदेखि नै हटाउने खेल शुरू भएको दाबी समेत ओलीले गरेका छन् ।