७ कार्तिक २०८३, शनिबार

सर्वोच्चको फैसलाले वस्तुतः संविधान संशोधनको काम गरेको छ : प्रधानमन्त्री ओली

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असार । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले हिजो सोमबार गरेको फैसलाले वस्तुतः संविधान संशोधन गरेको बताएका छन् ।

देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दलको तर्फबाट निर्वाचन जितेकाहरूले दलको निर्णयविपरीत मनलाग्दी व्यवहार गर्न पाउने अधिकार दिनु संविधानको अपव्याख्या भएको बताउँदै सर्वोच्चले फैसलाको नाममा संविधान नै शंसोधन गरेको बताएका हुन् ।

सर्वोच्चको निर्णयले अहिले कसैलाई खुशी र कसैलाई दुःखी तुल्याए पनि कालान्तरमा सबैलाई दुःखी तुल्याउने दाबी समेत गरेका छन् । कोही व्यक्तिलाई प्रधानमन्त्री बनाउनकै लागि मात्र यसरी निर्णय गर्नु निष्पक्षतामाथि नै प्रश्न उठेको ओलीको भनाइ छ ।