
काठमाडौं, २९ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।
राष्ट्रपतिले आज मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
देउवाको शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ । सर्वोच्च अदालतले ४८ घण्टाभित्र नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
सोही अनुसार भण्डारीले देउवालाई नियुक्त गरेकी हुन् ।















प्रतिक्रिया