
काठमाडौं, २९ असार । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट २०७७ असोज ३० गते प्रकाशित बिज्ञापन अनुसार लिइएको लिखित परीक्षामा समावेश भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा हिजो सोमबार प्रकाशन गरिएको हो ।
लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरुको अन्तरवार्ता परीक्षा आगामी साउन ७ गतेदेखि सम्बन्धित परीक्षा केन्द्रहरू प्रदेश प्रहरी तालिम केन्द्रमा विराटनगर, जनकपुर, राजविराज सप्तरी, दुधौली, पोखरा, बुटवल, नेपालगञ्ज, दिपायल र महानगरीय प्रहरी शिक्षालय महाराजगञ्जमा सञ्चालन हुने प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन बिकास बिभाग, भर्ना तथा छनौट महाशाखाले जनाएको छ ।
साथै उक्त नतिजाको पूर्ण विवरण नेपाल प्रहरीको वेवसाइटमा समेत राखिएको छ ।















प्रतिक्रिया