
काठमाडौं, २९ असार । नेकपा एमालेले आज मंगलबार दिउँसो १ बजेका लागि बोलाएको पार्टी स्थायी कमिटी बैठक स्थगित गरेको छ ।
सोमबार केहीबेर बसेर बैठक आजका लागि तय भएको बैठक स्थगित गरिएको हो । सत्ताबाट बर्हिगमनमा परेका प्रधानमन्त्री केपी शर्मा ओली आज थप व्यस्त हुने भएपछि बैठक स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको सहभागिताका विषयमासमेत अन्योल सृजनाना भएको छ । नेपाल पक्षले उक्त स्थायी कमिटी बैठकमा सहभागी हुने विषयमा निर्णय गरिसकेको छैन ।















प्रतिक्रिया