काठमाडौं, २९ असार । कामना सेवा विकास बैंक लिमिटेडले एक हजार अंकित दरका दश लाख कित्ताले हुन आउने एक अर्ब रकम बराबरको ऋणपत्र जारी गर्नको लागि बिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बिक्रीप्रबन्धकको नियुक्ति सम्बन्धमा बैंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत प्रवीण बस्नेत र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।
कामना सेवा विकास बैंक लिमिटेड राष्ट्रियस्तरको विकास बैंक हो । यस बैंकको संस्थापकहरूमा सरकारी सेवा, विभिन्न संघ संस्थाहरुमा आवद्ध एवं व्यवस्थापनमा राम्रो अनुभव तथा व्यावसायिक दख्खल भएका प्रतिष्ठित व्यवसायीहरू संलग्न हुन्छन् ।















प्रतिक्रिया