
काठमाडौँ, २८ असार । पाँच दलको गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको छ ।
सोमबार सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि बसेको गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा संयुक्त सरकार बनाउने निर्णय भएको सहभागी नेताहरुले जनाएका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकले पावर सेयरिङबारे पनि छलफल गरिएको बताएको ।
अधिकतमलाई समेटेर अघि बढ्नेबारे छलफल भएको नेताहरुले जनाएका छन् ।












प्रतिक्रिया