१६ कार्तिक २०८३, सोमबार

थप २ हजार ३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २८ असार । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप २ हजार ३७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ७ हजार ६८९ र एन्टिजेन विधिबाट ३ हजार ८९५ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार ३७० जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ६ लाख २१ हजार २७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७१२ जना रहेको छ ।

२४ घण्टामा थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ४०० जना पुगेको मन्त्रालयले जनाएको छ ।