
काठमाडौँ, २८ असार । सर्वोच्च अदालत शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि त्यसको विरोधमा युवाहरुले प्रदर्शन गरेका छन् ।
सर्वोच्चको फैसला लगत्तै नेकपा एमाले सम्वद्ध युवा संघले फैसलाविरुद्ध सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीले अदालतले राजनीतिक विषयमा आदेश दिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहनको प्रयास समेत गरेका छन् ।
त्यही क्रममा प्रदर्शनकारी युवा तथा प्रहरीबीच झडप भएको छ ।












प्रतिक्रिया