७ कार्तिक २०८३, शनिबार

मैले देउवा महोदयलाई लेखेको थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ : सल्लाहकार थापा

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफूले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गरी सार्वजनिक गरेको एउटा टिप्पणीमा एमाले पङ्क्तिबाटै तीव्र प्रतिक्रिया आएकोमा आश्चर्य व्यक्त गरेका छन् ।

आइतबार राति सल्लाहकार थापाले एमालेमा भएको सहमतिसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सांसद संख्या नपुग्ने आशयको धारणा सार्वजनिक गरेका थिए । कांग्रेस सभापति देउवालाई लक्षित गरी लेखिएको उक्त धारणाबाट एमालेकै असन्तुष्ट पक्षचाहिँ तरङ्गित भएको भन्दै थापाले आश्चर्य व्यक्त गरेका हुन् ।

थापाको धारणाप्रति एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले समेत प्रतिक्रिया जनाउँदै असन्तुष्टि व्यक्त गरेपछि सोमबार बिहान थापाले थप स्पष्ट पार्दै लेखेका छन्, ‘मैले देउवा महोदयलाई लेखेको थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन होला ? तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो होला ? बरू एकाबिहानै आएको टिप्पणी अदालतको निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेको देखें मैले त ! कसो होला ? फाटेको जालोले छेकेको !’

थापाले एमालेका असन्तुष्ट पक्षहरू आफ्नो पार्टीप्रति भन्दा पनि विपक्षी गठबन्धनप्रति उत्तरदायी र जवाफदेही बनेको आशय व्यक्त गरेका छन् ।

त्यसअघि थापाले लेखेका थिए,  ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३= ‌‍‍‌‍१२३ मात्र सर्वोच्चद्वारा न परमादेश, न पुनस्स्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’