७ कार्तिक २०८३, शनिबार

गोकुलको प्रश्न– एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित हुन्छ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले एमालेले हामी एमाले हौं भन्दा अदालत प्रभावित नहुने बताएका छन् ।

नेकपा एमालेभित्रको द्वन्द्व निरुपण गर्न कार्यदलले प्रस्ताव गरेको १० बुँदाप्रति विभिन्न टिप्पणी र प्रतिक्रिया आइरहेका बेला बास्कोटाले यस्तो प्रतिटिप्पणी गरेका हुन् । खासगरी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलमा भएको सहमतिपछि सामाजिक सञ्जालमा लेखेको एउटा टिप्पणी अहिले चर्चाको विषय बनेको छ ।

सोही टिप्पणीको समर्थन गर्दै पूर्वमन्त्री बास्कोटाले एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छ भन्दै प्रश्न गरेका हुन् । उनले सोमबार ट्विट गर्दै लेखेका छन्, ‘एमालेले एमाले हौं भन्दा कसरी अदालत प्रभावित पार्न खोजेको हुन्छ ? अचम्म ! कांग्रेसले आफूलाई एमाले भन्ला त ?’

सल्लाहकार थापाले एमालेमा भएको सहमतिसँगै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सांसद संख्या नपुग्ने आशयको धारणा सार्वजनिक गरेका थिए । कांग्रेस सभापति देउवालाई लक्षित गरी लेखिएको उक्त धारणाबाट एमालेकै असन्तुष्ट पक्षचाहिँ तरङ्गित भएको थापाले बताएका छन् ।

थापाको धारणाप्रति एमालेका वरिष्ट नेता माधवकुमार नेपालले समेत प्रतिक्रिया जनाउँदै असन्तुष्टि व्यक्त गरेपछि सोमबार बिहान थापाले थप स्पष्ट पार्दै लेखेका छन्, ‘मैले देउवा महोदयलाई लेखेंको थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन होला ? तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो होला ! बरू एकाबिहानै आएको टिप्पणी अदालतको निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेको देखें मैले त ! कसो होला ? फाटेको जालोले छेकेको !’

त्यसअघि थापाले लेखेका थिए,  ‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३= ‌‍‍‌‍१२३ मात्र सर्वोच्चद्वारा न परमादेश, न पुनस्स्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !! जय नेपाल !!!’