४ मंसिर २०८३, शुक्रबार

ओली र नेपालबीच आज मिलन हुने, यस्तो छ तयारी

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । पार्टी एकताको लागि कार्यदलले गरेको सहमति अनुमोदन गर्न एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

कार्यदलमा सहमति जुट्न ढिलो भएपछि आइतबार बोलाइएको बैठक आजका लागि सारिएको हो । बैठक बेलुकी ५ बजे बस्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

स्थायी कमिटी बैठकअघि कार्यदलका सदस्यहरूले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराउने तयारी गरेका छन् ।

दश बुँदाको सहमतिमा दुई शीर्ष नेताहरूलाई समझदारी गराउने तयारी रहेको कार्यदल सदस्यहरूको भनाइ छ ।