४ मंसिर २०८३, शुक्रबार

साउन ६ गते इदुल अज्हा मनाउन अन्सारीको अपील

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असार । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले साउन ६ गते इदुल अज्हा पर्व देशभरि मनाइने जानकारी दिएका छन् ।

अध्यक्ष मियाँले सामाजिक सञ्जालमार्फत मुस्लिम समुदायको दोसो महान पर्व इदुल अज्हा साउन ६ गते बुधबारका दिन देशभरि मनाइने जानकारी दिएका हुन् ।

उनल भने, ‘सोमबार बेलुका नेपालको विभिन्न भागमा चन्द्रमा (चाँद) देखिएको छ । सहि प्रमाण (शहादत) प्राप्त भएको छ ।’

अध्यक्ष अन्सारीले भने, ‘चाँद देखिएसंगै २८ गते जिल–हिज्जाको १ तारिख हुनेछ । दोस्रो महान चाड इदुल अज्हा नेपालभरि साउन ६ गते बुधबार मनाइने जानकारी गराउँदछु ।’