शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

सरकारद्वारा राष्ट्रिय फुटबल टोलीलाई नगदसहित पुरस्कार प्रदान

दैनिक नेपाल २०७८ असार २७ गते १७:०३

काठमाडौँ, २७ असार । सरकारले नेपाली राष्ट्रिय फुटबल टोलीलाई नगदसहित पुरस्कृत गरेको छ ।

सरकारले ३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली टोलीलाई आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार प्रदान गरेका हुन् ।

बालुवाटारमा प्रधानमन्त्री ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीका २३ खेलाडी र ३ प्रशिक्षकलाई नगद पुरस्कार प्रदान गरेका हुन् ।

गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो । सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो भने प्रशिक्षकलाई २ लाख रुपैयाँ प्रदान गरेको छ ।

आफैँले खेल हेरेका प्रधानमन्त्री ओलीले त्यतिबेलै खेलाडीलाई पुरस्कृत गर्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित