
काठमाडौँ, २७ असार । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा सवा ८ खर्ब रुपैयाँ राजस्व उठाउन सफल छ ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक वर्षको अन्तिम महिनाको २७ गतेसम्ममा कुल ८ खर्ब १८ अर्ब ५१ करोड ६२ लाख रुपैयाँ उठान सरकार सफल भएको हो ।
यो कुल राजस्व लक्ष्यको झण्डै ९० प्रतिशत (८९.६६) ले हुन आउने रकम हो ।
महालेखा नियन्त्रण कार्यालयका अनुसार सो अवधीमा सरकारले गैर राजस्व शीर्षकमा अधिकतम ६३ अर्ब २७ करोड २१ लाख रुपैयाँ अर्थात् लक्ष्यको ६४.०३ प्रतिशत उठाएको छ ।
आर्थिक वर्षका लागि सरकारले गैर राजश्व शीर्षकमा ९८ अर्ब ८० करोड ९४ लाख रुपैयाँको लक्ष्य राखेको थियो ।















प्रतिक्रिया