
कास्की, २७ असार । गण्डकी प्रदेशमा कोभिड १९ को नयाँ भेरियन्ट भेटिएको पुष्टि भएको छ ।
प्रदेशका स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाले नमूना परीक्षणका लागि काठमाडौँस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाएकोमा डेल्टा भेरियन्ट पुष्टि भएको जनाइएको छ ।
प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले स्याङ्जाको कालिगण्डकीका १४ र ६० वर्षका दुइजना पुरुष र गोरखा बारपाक सुलिकोटका ३३,४० र ७० वर्षिया तीन महिलामा नयाँ भेरियन्ट पुष्टि भएको विज्ञप्तिमार्फत जनाएका छन् ।













प्रतिक्रिया