
जनकपुरधाम, २७ असार । महोत्तरीको लोहरपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको शव सेफ्टी ट्यांकीभित्र फेला परेको छ ।
एक महिनाअघि हराइरहेकी सुजिताको शव आज आइतबार सुजिता बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको उनकै ससुराको जग्गामा निर्माणाधीन शौचालयको सेफ्टी ट्याङ्कीमा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीले विशेष सुराकीका आधारमा निर्माणाधीन पेट्रोल पम्पको शौचालयको ट्याङ्की फाडेर उक्त शव फेला पारेको बताइएको छ ।
शव फालेर ट्याङ्कीमाथि ढलान गरिएको प्रहरीले बताएको छ ।
परिवारबाटै उनको हत्या भएको आशंका प्रहरीले गरेको छ । प्रहरीले हत्या आरोपमा उनका श्रीमान, देवरसहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जनाकारी दिए ।















प्रतिक्रिया