७ कार्तिक २०८३, शनिबार

संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जना पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाँके, २७ असार । संरक्षित रेडपाण्डाको छाला र भालुको पित्तसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित राप्ती गेष्ट हाउसको कोठा नम्बर १० बाट संरक्षित रेडपाण्डाको छाला १ थान र ४ वटा भालुको पित्त जस्तो देखिने वस्तुसहित उनीहरूलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगरपालिका–४ ठेगाना भएका ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँ ठेगाना भएका ४१ वर्षीय केशव पुन र दाङ शान्तिनगर गाउँपालिका–१ ठेगाना भएका २९ वर्षीय रोबिन बुढा छन् ।

उक्त गेष्ट हाउसमा संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले तलासी लिने क्रममा उनीहरुले झोलामा लुकाई राखेको उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको प्रहरीले बताएको छ ।